घोडाघोडी
कैलालीको घोडाघोडी नगरपालिका वडा न ः १ जनकपुर (मिर्चाहुवा चोक)मा शुक्रबारबाट होटल माछा घरको उद्घाटन भएको छ । । पुरानो ठाँउ बाट नयाँ ठाँउमा नया व्यबस्थापनका साथ होटल संचालनमा आएको हो ।



सुखड बजारदेखि २ किलोमिटर दक्षिण सुखड भजनी रोडमा जनकपुर चोकमा थप सेवा सुविधा सहित नया ठाँउमा सरेको संचालक चन्द्र कुमार चौधरीले बताउनु भयो । भविष्यमा अतिथि घर समेत संचालन गर्ने उदेश्य राखेका छौं । नयाँ ढँगबाट सुरु भएको होटलमा स्वादिष्ट खाना, चिया ,खाजा र मदिरा उपलब्ध हुने चौधरीले बताउनु भयो ।



होटल माछा घरमा लोकल कुखुराको मासु ,थारु खाना र सेकुवा,रोस्ट,चुटपुट,हुनेछ । खसि, माछा,बंगुर, लोकल कुखुरा र बट्टाईका विभिन्न परिकार समेत उपलब्ध हुनेछ । मदिराका पारखीका लागि विभिन्न व्राण्डमा उपलब्ध छ । व्यापार मात्रै होईन आफ्नो स्थानीय खाने परिकारको सम्बर्दनको निम्ति पनि यो होटल संचालनमा ल्याएको संचालक गराईने चौधरीले जानकारी दिनु भयो होटलको उध्घाटन घोडाघोडि नगरपालिका वडा न १ का अध्यक्ष घनश्याम ओझाले गरेका थिए ।










