ई-घोडाघोडी खबर

१२ जेष्ठ २०८३, मंगलवार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिमको आर्थिक सर्वेक्षण प्रस्तुत

    सुदूरपश्चिमको आर्थिक सर्वेक्षण प्रस्तुत
    Spread the love

    अविनाश चौधरी

    धनगढी, जेठ ३२ गते। सुदूरपश्चिम प्रदेशको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत गरिएको छ। आज बसेको प्रदेश सभामा आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको हो। चालु आर्थिक वर्षको कुल ग्राहस्थ उत्पादन चार खर्ब चार अर्ब २८ करोड रुपियाँ रहने अनुमान गरिएको छ।

    यसैगरी, चालु आर्थिक वर्षमा यस प्रदेशको आर्थिक वृद्धिदर ३.४१ प्रतिशत रहने अनुमान छ।गतआर्थिक वर्ष आर्थिक वृद्धिदर १.५२ प्रतिशत रहेको थियो।यस्तै, राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा सुदूरपश्चिम प्रदेशको योगदान ७.१ प्रतिशत रहने अनुमान छ।

    चालु आर्थिक वर्षको फागुनसम्मको औसत मुद्रास्फिति ४.८२ प्रतिशत, कृषि क्षेत्रको वृद्धिदर ३.४२ प्रतिशत, सेवा क्षेत्रको वृद्धिदर ४.०९ प्रतिशत धनात्मक तथा वित्तीय क्षेत्रको वृद्धिदर ०.५० प्रतिशत ऋणात्मक हुने अनुमान छ।

    गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको आय १.०६३ अमेरिकी डलर रहेको थियो।चालु आर्थिक वर्षमा सो आय १.१११ अमेरिकी डलर रहने अनुमान रहेको मन्त्री पालले बताउनुभयो। चालु आर्थिक वर्षको फागुनसम्म प्रदेश सरकारको आय गतआर्थिक वर्षको सोही अवधिसम्मको १३.५६ प्रतिशतले घटी भएर १७ अर्ब ९९ करोड ४७ लाख पुगेको छ।चालु आर्थिक वर्षको फागुनसम्म प्रदेश सरकारले ७६ करोड ६४ लाख रुपियाँ आन्तरिक राजस्व संकलन गरेको थियो।

    गएको फागुनसम्म प्रदेश सरकारले सात अर्ब १४ करोड ७३ लाख रुपियाँ बजेट खर्च गरेको थियो।जसमध्ये चालुखर्च तीन अर्ब ७० करोड २४ लाख र पुँजीगत खर्च तीन अर्ब ४४ करोड ४९ लाख रुपियाँ रहेको छ।

    फागुनसम्म आन्तरिक राजस्वमध्ये कर राजस्व ४४ करोड १३ लाख र गैरकर राजस्व ३२ करोड ५१ लाख रुपियाँ रहेको जनाइएको छ।फागुनसम्म प्रदेश सरकारको बजेट १० अर्ब ८४ करोड ७४ लाख रुपियाँ र राजस्व घाटा दुई अर्ब ९३ करोड ६१ लाख रुपियाँ रहेको छ।चालु आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादनमा बजेट सन्तुलनको अनुपातमा १.२० प्रतिशत राजस्व घाटाको अनुमान १.८० प्रतिशत रहेको मन्त्री पालले बताउनुभयो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी