ई-घोडाघोडी खबर

१७ जेष्ठ २०८३, आईतवार

  • Mohrain Tours and Travels
  • तारेदहमा पुल निर्माण हुँदा यात्रा सहज

    तारेदहमा पुल निर्माण हुँदा यात्रा सहज
    Spread the love

    शेरबहादुर सार्की

    बाजुरा, असार १४ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिका–१ काँडा र २ जयवाग्यश्वरीको बिचमा पर्ने तारेदह खोलामा पुल निर्माण हुँदा यहाँका स्थानीय हर्षित भएका छन् । गाउँपालिकाको आर्थिक तथा पीसविन बाजुराको प्राविधिक सहयोगमा खोलामा बनेको सो पुलमा आउजाउ गर्न सहज भएपछि यहाँका स्थानीय हर्षित भएका हुन् ।

    पहिला पुल नहुँदा वर्खाको समय खोला तर्न निकै समस्या हुन्थ्यो । अब खोलामा पुल बनेपछि भने आउजाउ गर्न निकै सहज भएको खप्तड छेडेदह गाउँपालिका –२ का स्थानीय कविता वुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तड छेडेदह–२ जयवाग्यश्वरीका अधिकाशं विद्यार्थी उच्च शिक्षा पढ्नका लागि वडा नं १ को काँडा भवानीमा जाने गर्दछन् । वर्खाको समय खोलामा पानीको बहाव बढ्ने भएकोले उनीहरुलाई खोर्ला तर्न निकै समस्या हुथ्यो । ”

    यतीबेला त्यो खोलामा पुल निर्माण भएपछि यहाँका ती बालबलिकालाई वर्खाको समयमा पनि विद्यालय जान निकै सहज भएको बुढाले बताउनुभयो । खप्तड छेडेदह गाउँपालिका –१  सिग्रा, सेरागाउँ, मेलतोला, थुवालवाडा  काँडा र –२ को माटेसाँगु गाँज्रा, बल्दे र जयवाग्श्वरी लगायतका स्थानीयवासी वारिपारी गर्दा खोला तरेर जाने गथ्र्ये । वर्खाको समय पानीको मात्रा नै बढ्ने गरेकोले त्यती बेला यहाँका स्थानीयलाई खोला तर्न ज्यान जोखिमा पर्ने गरेको थियो । यो खोलामा झण्डै ६४ मिटर लम्बाइ पुल निर्माण भएपछि अब भने यहाँका स्थानीयबासीको त्यो समस्या हटेको छ ।

    गाउँपालिकाको ४५ लाख २८ हजार ९६२ रुपियाँ र पीसविन बाजुराको प्राविधिक सहयोगमा तारेदह खोलामा ६४ मिटर लम्बाई पुल निर्माण भएको पीसविन नेपालका टेक्निकल अफिसर खडकराज जैशीले बताउनुभयो । उहाँले भन्नुभयो, “२०७९ माघ २५ गते निर्माणको काम सुरु भएर २०८१ असार १२ गते निर्माणको काम सम्पन भएको छ ।”

    त्यो सँगै यो वर्षमा बाजुराको बुढीगङ्गामा २ खप्तड, छेडेदहमा २ स्वाकिार्तिकमा १ बडिमालिका २ त्रिवेणी २ गरी नौ वटा पुल निर्माणको काम सम्पन्न भएको जैशीले बताउनुभयो।

    खप्तड छेडेदह गाउँपालिका १ काँडा र २ जयवाग्यश्वरीको बिचमा पर्ने तारेदह खोलामा पुलको निकै आवश्यक रहेकोले २०७९-०८० को आर्थिक वर्षमा ४५ लाख २८ हजार ९६२ रुपियाँ रकम विनियोजन गरेको  गाउँपालिका उपाध्यक्ष बीसु नाथले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाको आर्थिक तथा पीसविन नेपालको प्राविधिक सहयोगबाट अहिले त्यो खोलामा पुन निर्माणको काम सम्पन्न भएको छ ।”

    वर्खाको समय सधै तारेदह खोला तर्न सास्ती खेप्दै आएका काँडा र जयवाग्यश्वरीका स्थानीयलाई अहिले त्यो ठाउँमा राम्रो पुल निर्माण भएपछि आउजाउ गर्न निकै सहज भएको उपाध्यक्ष नाथले बताउनुभयो ।

    बाजुराका नौ वटै स्थानीय तहमा हाल सम्म झण्डै १३५ वटा झोलुङ्गेपुल रहेका छन् । भने यो आर्थिक वर्ष फेरी १६ पुल निर्माणाधिन अवस्था रहेका छन् । यी सबै पुलको प्राविधिक र समाजिक सहयोग पीसविन नेपालको रहेको जैशीले बताउनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी