

कैलालीको घोडाघोडी नगरपालिकाले दुना टपरीको प्रयोग अनिर्वाय गरेको छ।
जिल्लाको घोडाघोडी नगरपालिका क्षेत्रका होटल, रेस्टुरेन्ट, खाजा घर, होमस्टे, विवाह, भोज भतेर, बत्रबन्ध, मेला, पर्वहरुमा सालको सालको पातबाट बनेका दुना टपरीको अनिर्वाय प्रयोग गर्न भनिएको छ। नगरपालिकाले सूचना निकालेर प्लास्टिक जन्य बस्तुको विस्थापन गर्न दुना टपरीको प्रयोग अनिवार्य गर्न भनेको हो।
नगरपालिकाले प्लास्टिक जन्य बस्तुहरूको विस्थापन गर्दे स्थानीय कच्चा पदार्थबाट निमार्ण भएका दुना टपरीको प्रयोगलाई प्राथमिकता दिन भनिएको छ। दुना टपरीको प्रयोगपछि कम्पोस्ट मल बनाउन प्रयोग गरिने हुँदा वातावरण सफा र स्वच्छ हुने विश्वास गरिएको छ।
नगरपालिकाले प्लास्टिक मुक्त अभियान सफल पार्न दुना टपरी उत्पादनमा जोड थालेको छ। प्लास्टिक मुक्त घोडाघोडी बनाउनु सबैको महत्त्वपूर्ण भूमिका हुने विश्वास पालिकाले लिएको छ।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी