ई-घोडाघोडी खबर

१७ जेष्ठ २०८३, आईतवार

  • Mohrain Tours and Travels
  • बाजुरामा ८० प्रतिशत रोपाइँ सम्पन्न

    बाजुरामा ८० प्रतिशत रोपाइँ सम्पन्न
    Spread the love

    शेरबहादुर सार्की

    बाजुरा, असार २६ गते । बाजुरामा ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लामा जेठ पहिलो हप्तादेखि धान रोपाइँ सुरु भए पनि लामो समयसम्म परेको खडेरीका कारण असार तेस्रो हप्तासम्म आइपुग्दा ८० प्रतिशत धान रोपाइँ भएको हो ।

    नौ वटै स्थानीय तहको असार २६ गतेसम्म ८० प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । खोला किनार जमिनमा जेठ पहिलो साताबाट सुरु भएको रोपाइँ कुलो नलाग्ने ठाउँमा भने साउन दोस्रो हप्तासम्म धान रोपाइँ हुने गरेको जगन्नाथ गाउँपालिका –२ का वडा स्थानीय कृषक बीसु सार्कीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “यहाँका अधिकांश जमिनमा सिँचाइको सुविधा छैन । खोला किनारको जमिनमा जेठमै रोपाइँ हुने गरेको भए पनि सिँचाइ सुविधा नभएको ठाउँमा भने आकाशे पानीको भरमा साउन दोस्रो हप्ता रोपाइँ हुन्छ ।”

    यतिबेला लामो समयदेखि परेको खडेरीका कारण यहाँका स्थानीयले जेठमा राखेको धानको बीउ बेर्ना सबै सुकेर नष्ट भएपछि रोपाइँ ढिला भएको सार्कीले बताउनुभयो ।

    बाजुराको बडिमालिका, बूढीनन्दा, त्रिवेणी, खप्तड छेडेदह, बुढीगङ्गा, गौमुल, स्वामिकार्तिक, जगनाथ, हिमालीलगायतका केही ठाउँमा जेठ दोस्रो हप्ताबाट रोपाइँ सुरु भएको कृषि ज्ञान बाजुराका कार्यालय प्रमुख भूमिराज उपाध्यायले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “बाजुरामा २ लाख ३० हजार ३७ हेक्टर जमिन छ । यो मध्ये २८ हजार १३५ हेक्टर मात्र खेतीयोग्य जमिन छ ।” बाजुरामा २७ हजार १६० हेक्टर जमिन छ । यसमध्ये बाजुरामा ७ हजार ३०३ हेक्टर जमिनमा मात्र धान रोपाइँ हुने गरेको प्रमुख उपाध्यायले बताउनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी