ई-घोडाघोडी खबर

२२ जेष्ठ २०८३, शुक्रबार

  • Mohrain Tours and Travels
  • नाइरोबी फ्लाई किराले छालामा सङ्क्रमण

    नाइरोबी फ्लाई किराले छालामा सङ्क्रमण
    Spread the love

    धनगढी समाचारदाता

    धनगढी, असार ३१ गते । नाइरोबी फ्लाई किराका कारण कैलालीका स्थानीयमा छालासम्बन्धी समस्या बढेको छ । बर्खायाम लागेसँगै छालामा सङ्व्रmमण (एलर्जी) हुने समस्या बढ्दो रूपमा देखिएको हो ।

    नाइरोबी फ्लाई नामक किराका कारण सङ्क्रमण भइरहेको चिकित्सकले बताएका छन् । मानिसको शरीरमा पेडेरिन रसायन छाडेपछि छालामा जलन हुने, चिलाउने, छाला रातो हुने जनैखटिरा जस्तै खटिरा देखिने समस्या हुने गरेको जनाइएको छ ।

    १२ देखि ३६ घण्टापश्चात् उक्त घाउबाट तरल पदार्थ चुहिने जस्ता लक्षणसमेत देखा पर्ने गरेको चिकित्सकको भनाइ छ । केही दिनयता नाइरोबी फ्लाई किराका कारण छालामा सङ्क्रमण बढ्दो रूपमा देखिएको स्किन केयर एन्ड एस्थेटिक सेन्टर प्रालिमा कार्यरत डा. सुमन सुवेदीले बताउनुभयो ।

    “अहिले नाइरोबी फ्लाई किराका कारण समस्या भएर उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दो छ,” उहाँले थप्नुभयो, “दैनिक २५ जनाभन्दा बढी नै उपचारका लागि आइरहेका छन् ।” यो किराका कारण छालामा भएको सङ्क्रमण सामान्यतया एकदेखि दुई हप्ताभित्र निको हुने जनाइएको छ । नाइरोबी फ्लाई किराका कारण भएको घाउ धेरै चिलाउने गरेको धनगढीकी पूजा चौधरीले बताउनुभयो । किराका कारण हुने सङ्क्रमण आफूलाई पनि भएको जनाउँदै उहाँले भन्नुभयो, “यस्तो धेरैलाई भइरहेको छ । एक ठाउँमा सङ्क्रमण भएपछि त्यो अरूतिर पनि फैलिन्छ ।”

    के हो नाइरोबी फ्लाई ?

    नाइरोबी फ्लाई सुन्तला र कालो रङको एक प्रकारको किरा हो । यो सामान्यतया पानी परेपश्चात् वा बढी आद्रता भएको स्थानमा पाइने गर्छ । यो किराले मानिसलाई टोक्दैन तर सम्पर्कमा आएपश्चात् नाइरोबी फ्लाईले निकाल्ने एक प्रकारको अम्लले छालामा एलर्जी गराउने गरेको बताइएको छ ।

    जोगिने उपाय

    नाइरोबी फ्लाई किराको सम्पर्कबाट बच्नका लागि राति झुल टाँगी चम्किलो बत्ती निभाएर सुत्न आग्रह गरिएको छ । चम्किलो बत्तीले अन्य किरालाई जस्तै नाइरोबी फ्लाईलाई पनि आकर्षित गर्ने भएका कारण चम्किलो बत्तीमुनि बस्न नहुने बताइएको छ ।

    यस्तै बाहिरको चम्किलो बत्ती पनि कम गर्न र लामो बाहुला भएको लुगा, पाइन्ट लगाउन आग्रह गरिएको छ । छालामा नाइरोबी फ्लाई किरा बसेमा त्यसलाई नमाडी हल्कासँग फुकेर भगाउन सकिने धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी