कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
जिल्लाको लम्कीचुहा नगरपालिका–९ धनचैयाका २३ वर्षीय महेन्द्र बिकलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई लागूऔषध खैरो हेरोइन १ सय ५० मिलिग्रामसहित सोमवार बिहान ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।









