ई-घोडाघोडी खबर

१८ चैत्र २०८२, बुधबार

  • Mohrain Tours and Travels
  • कैलालीको घोडाघोडीमा ३ दिने बेमौषमी च्याउ उत्पादन प्रविधि सम्बन्धी तालिम सम्पन्न

    कैलालीको घोडाघोडीमा ३ दिने बेमौषमी च्याउ उत्पादन प्रविधि सम्बन्धी तालिम सम्पन्न
    Spread the love

     कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा ३ दिने बेमौषमी च्याउ उत्पादन प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ।

    दिगो विकास समाज भजनी कैलाली र वरल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना मार्फत उनीहरूलाई तालिम प्रदान गरिएका होे। तालिममा गौरीगंगा, घोडाघोडी र भजनी नगरपालिका भित्रका गठीत १३ वटा च्याउ उत्पादन समुहका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

    उनिहरुलाई बेमौषमी च्याउ उत्पादन प्रविधिका वारेमा जानकारी , च्याउ उत्पादनका लागी प्लाष्टिक घर निर्माण गर्ने तरिका, बेमौषमी च्याउ उत्पादन गरी आर्थिक वृद्धि गर्ने, आर्थिक आम्दानीका माध्यमबाट वाल समृद्घि ल्याउने उद्देश्यले संचालन गरीएको परियोजनाका अधिकृत प्रभु ढकालले बताए।

    १ वटा प्लाष्टिक घर र ४० वटा च्याउका पोका बनाई तालिममा सहभागिहरुलाई व्यावहारीक अभ्यास समेत गराईएको थियो।
     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी