समाचारदाता
२६ श्रावण २०८१, शनिबार २२:२० मा प्रकाशित
धनगढीः कञ्चनपुरमा वन फडानी गरेर काठ तस्करी हुने गरेको पाइएको छ।
साल र सिसमका एक सय १८ दशमलव ६६ क्युफिट अबैध काठ बरामद गरिएको थियो। कञ्चनपुर प्रहरीले आर्थिक वर्ष २०८०/८१ मा गैरकानुनी रूपमा नदीजन्य पदार्थको दोहन गर्ने ५२ जनालाई समेत नियन्त्रणमा लिएको छ। सो अवधिमा पाँचवटा टिपर, ४६ ट्याक्टर गरेर उनीहरूबाट १३ लाख ८७ हजार पाँच सय राजस्व संकलन गरेको छ।
Related