

दार्चुलामा भरुवा भन्दुकसहित एक जना पक्राउ गरेका छन्।
जिल्लाको मालिकार्जुन गाउँपालिका(७ पासादेउ बस्ने ५८ वर्षीय केशरसिंह धामीलाई एकनाले भरूवा बन्दुकसहित सोमवार साँझ पक्राउ परेका हुन्।
प्रहरीका अनुसार धामीलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। धामीको खुद्रा पसल नजिकै झाडीमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी