ई-घोडाघोडी खबर

१८ माघ २०८२, आईतवार

  • Mohrain Tours and Travels
  • खेलकुद विकास समिति कैलालीमा आर्थिक घोटाला, ‘फाइल’ अख्तियारमा

    खेलकुद विकास समिति कैलालीमा आर्थिक घोटाला, ‘फाइल’ अख्तियारमा
    Spread the love

    कैलाली जिल्ला खेलकुद विकास समितिमा आर्थिक घोटाला भएको रहस्य बाहिर आएको छ। समिति अन्तर्गतका सटर भाडामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरी समेत परेको छ। समिति अन्तर्गत १६ वटा सटर भाडामा लगाइएको छ।

    समितिका कर्मचारी एवं पदाधिकारीबाट आर्थिक अनियमितता भएको भन्दै २०८० बैशाखमा अख्तियारमा उजुरी परेको हो। जिल्ला खेलकुद विकास समितिका प्रमुख दिपक सिंहले खेलकुद विकास समिति अन्तर्गतका सटर भाडामा अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी दर्ता गरिएको छ। समितिका अनुसार प्रतिसटर प्रतिमहिना साढे ५ हजारदेखि १०/११ हजारसम्म भाडामा लगाइएको छ।

    समितिका प्रमुखले केहि सटर आफ्नी श्रीमती र केहि सटर आफन्तलाई दिलाएको समेत खुलेको छ। खेलकुद विकास समितिका प्रमुख सिंहले सटर भाडामा अनुचित लाभ लिने गरेको समेत आरोप छ। पछिल्लो समय कसैले पनि सटर भाडा नतिरेको समेत समितिको दाबी छ। समितिभित्र आर्थिक घोटाला बढेपछि अख्तियार दूरपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले समितिका फाइल आफ्नो नियन्त्रणमा लिएको छ।

    बैंक स्टेटमेन्ट समेत अख्तियारले लिएको छ। यस विषयमा उजुरी परेपछि अनुसन्धान भइरहेको अख्तियार दूरपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सूचना अधिकारी नवराज भण्डारीले बताए। ‘अनुसन्धान चलिरहेको छ, विकास समिति कानुन सम्मत तरिकाले चले नचलेको विषयमा अनुसन्धान जारी छ।’

    तर खेलकुद विकास समिति कैलालीका प्रमुख दिपक सिंहले भने सटरको बाँकी भाडा उठाउन खोज्दा अनियमितता गरेको आरोप लागेको दाबी गरे। ‘सटरहरु बोलपत्र आह्वान गरेर भाडामा लगाइएको हो। बोलपत्र आह्वानका क्रममा मेरो श्रीमतीले पनि त्यसमा भाग लिएर सटर लिनु भएको हो, बाँकी आफन्तलाई सटर दिलाएको भन्ने विषयमा कुनै सत्यता छैन।’

    खेलकुद विकास समितिमा आफु आएको ७/८ महिना मात्र भएकाले यस्तो समस्या अहिलेको नभएर पुरानो हो, उनले भने। ‘मैले सटरको भाडा उठाउन पत्र काटेपछि ममाथि खनिने काम मात्र भएको छ। बाँकी विषयमा कुनै सत्यता छैन्।’ लामो समयदेखि भाडा समेत उठ्न नसकेको उनले बताए। समितिकाअनुसार अख्तियारमा उजुरी परेपछि फाइलहरु अख्तियारमा छन्। सहि गलत छानबिनबाट थाहा होला। समिति अन्तर्गतका सटर भाडावाफत महिनामा करिब एक लाख ५० हजार भाडा संकलन हुनुपर्नेमा पछिल्लो समय घोलमाल देखिएको बताइएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी