ई-घोडाघोडी खबर

१७ बैशाख २०८२, बुधबार

  • Mohrain Tours and Travels
  • खुशीराम स्मृति पार्क संरक्षण अभावमा अलपत्र

    खुशीराम स्मृति पार्क संरक्षण अभावमा अलपत्र
    Spread the love

    सुखड, कैलाली – पर्यटन प्रवद्र्धन र हरियाली विस्तारका लागि निर्माण थालिएको खुशीराम स्मृति पार्क संरक्षण अभावका कारण अलपत्र परेको छ । कैलालीको घोडाघोडी नगरपालिका–३, जुरपनी स्थित उक्त पार्क हाल बन्द हुने अवस्थामा पुगेको छ भने आधारभूत सुविधाको अभावमा पर्यटकहरू निराश बन्न पुगेका छन्।

    शहीद खुशीराम चौधरीको स्मृतिमा पूर्व वडा अध्यक्ष कमल चौधरीको कार्यकालमा निर्माण थालिएको पार्क २०७९ पुस २८ गते नगर प्रमुख खडकबहादुर रावत र वडा अध्यक्ष कृष्णप्रसाद गौतम लगाएतका ले उद्घाटन गरेका थिए। तर, स्थानीय तह र विभिन्न निकायको सहकार्यमा सुरु भएको योजना अझै पूर्णरूपमा सम्पन्न हुन सकेको छैन ।


    संरक्षणको अभावले पार्कको सौन्दर्य खस्कँदै गएको छ। बगैँचा, बाटो, बत्ती र अन्य संरचना मर्मत अभावमा जीर्ण बन्दै गएका छन्। पार्क व्यवस्थापनबारे स्थानीय लहानुराम चौधरी भन्छन्,सुरुमा राम्रै देखिए पनि अहिले व्यवस्थापन नहुँदा पार्कको अवस्था दयनीय छ।

    नगरपालिकाले चासो नदिए पार्क बाँझो बन्ने खतरा छ । पार्कमा उचित फोहोर व्यवस्थापन नहुँदा प्लास्टिक, बोतल, कागज जथाभावी फालिएको देखिन्छ। निश्चित ठाउँको व्यवस्था नहुँदा आउने पर्यटकहरू फोहोर फाल्न बाध्य छन्, जसका कारण वातावरण पनि प्रदूषित बन्दै गएको छ।


    पार्कमा आउने पर्यटकका लागि खानेपानीको सुविधा पर्याप्त छैन। पानीको स्रोत नहुँदा घुम्न आउनेहरू असहज महसुस गर्छन्। साथै, शौचालयको उचित व्यवस्था नहुँदा महिला, बालबालिका र वृद्धवृद्धालाई थप समस्या भइरहेको छ। पार्क निर्माणबारे जुरपानीका भलमन्सा राजकुमार चौधरी भन्छन्, सुरुवाती योजनामा राम्रो तरिकाले पार्क विकास गर्ने भनिए पनि अहिले चरम लापरवाही भएको छ। यदि तत्काल व्यवस्थापनमा ध्यान दिइएन भने पार्क नै नासिने खतरा छ।

    स्थानीय बासिन्दाहरूले घोडाघोडी नगरपालिकाले तुरुन्तै आवश्यक पहल लिनुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार सरसफाइ, खानेपानी, बस्ने स्थान (सिटिङ व्यवस्था) र सुरक्षाजस्ता आवश्यक पक्षमा सुधार ल्याइए मात्र पार्क पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक :

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी