ई-घोडाघोडी खबर

१७ जेष्ठ २०८३, आईतवार

  • Mohrain Tours and Travels
  • आँखाको ज्योति फर्किएपछि बुढापाका खुसी

    आँखाको ज्योति फर्किएपछि बुढापाका खुसी
    Spread the love

    बाजुरा, चैत १८ गते । लामो समयपछि आफ्नो आँखाको ज्योति फर्किएपछि अहिले बाजुराको दुर्गम गाउँबस्तीका बुढापाका खुसी देखिन्छन् । मोतीविन्दुका कारण लामो समयदेखि आँखा नदेख्ने समस्या भोग्दै गरेका यहाँका बुढापाकाको अहिले गाउँमै आँखाको अपरेसन भएर ज्योति फर्किएपछि उनीहरू खुसी देखिएका हुन् । आर्थिक अवस्था कमजोर भएका कारण आफैँ उपचार गर्न नसक्दा उहाँहरू लामो समयदेखि घरमै अन्धो अवस्थामा बस्न बाध्य हुनुभएको थियो ।

    यही अवस्थालाई ध्यानमा राख्दै हिमाली गाउँपालिकाको आयोजना नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग र रुइत फाउन्डेसन काठमाडौँको आर्थिक सहयोगमा यहाँका दुर्गम गाउँबस्तीका स्थानीयलाई गाउँमै निःशुल्क आँखा चेकजाँच शिविर सञ्चालन गरिएको हिमाली गाउँपालिकाले जनाएको छ ।

    ७० वर्षीय स्थानीय जयसुर भण्डारीले मोतीविन्दुका कारण आफूले आँखाको ज्योति गुमाएको बताउँदै गाउँमै आएको यो निःशुल्क आँखा शिविरमा आँखा देख्न थालेपछि आफू निकै खुसी भएको बताउनुभयो ।

    गत चैत १० देखि १३ गतेसम्म यहाँका प्रत्येक वडामा शिविर सञ्चालन गरेको थियो । त्यसै शिविरमा अपरेसनका लागि छनोट भएका १०३ जनाको चैत १५ र १६ गते पालिकाको स्वास्थ्य चौकीमा अपरेसन गरिएको थियो । उनीहरूको गुमेको त्यो आँखाको ज्योति फर्किएपछि अहिले उनीहरू निकै खुसी भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी