

अछाम, चैत २७ गते । अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारका आगलागी पीडितलाई नेपाली कांग्रेस अछामले एक लाख सहयोग गर्ने भएको छ । कांग्रेस अछामका सहसचिव दिनेशकुमार अनुसार जयगढका आगलागी पीडितलाई एक लाख सहयोग गरिने भएको हो ।
आगोले जयगढबजार तहसनहस भएकाले राहतका लागि कांग्रेस अछामले सहयोग गरेको सहसचिव स्वारले बताउनभयो । विपतको घडीमा सबैले सहयोग गर्ने उहाँले सबैलाई आग्रह गर्नु भएको छ ।
मङ्गलबार साँझ ७ः२० बजे ग्यास सिलिन्डर विस्फोट भएर सल्केको आगो राति १२ः३० बजे नियन्त्रणमा आएको थियो ।
आगलागीबाट सात करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ । जयगढ बजारमा रहेका १० वटा ढुङ्गा माटोले बनेको घर, १५ वटा टीनले बनेको कच्ची घर र दुई वटा पक्की घर गरी २७ वटा घर तथा पसलहरू पूर्णरूपमा जलेर नष्ट भएका छन् ।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी