


भुवन भट्ट
बेलौरी (कञ्चनपुर), वैशाख ४ गते । आगलागीको जोखिमलाई मध्यनजर गर्दे कञ्चनपुरका दुई पालिकाले संयुक्त रूपमा अग्नि नियन्त्रक दमकल खरिद गर्ने निर्णय गरेका छन् । गर्मी बढ्दै गएपछि आगलागीका घटना न्यूनीकरणमा सहजता होस भन्न बेलौरी नगरपालिका र लालझाँडी गाउँपालिकाले मिलेर दमकल खरिद गर्ने निर्णय गरेका हुन् ।
बिहीबार बेलौरी नगरपालिकामा बसेको पालिकाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
अग्नि नियन्त्रक दमकल खरिदका लागि लालझाँडी गाउँपालिकाले ३५ प्रतिशत र बेलौरी नगरपालिकाले कुल मूल्यको ६५ प्रतिशत खर्च बेहोर्ने गरी साझेदारीमा दमकल खरिद गर्न लागिएको बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले बताउनुभयो ।
आगलागी जन्य ठुला घटनाबाट धनजनको क्षति न्यूनीकरणमा मद्दत पुग्ने अपेक्षा गरिएको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताउनुभयो । हाल बेलौरी नगरपालिका लालझाँडी गाउँपालिकामा दमकल अभाव छ । चालु आर्थिक वर्ष भित्रै दमकल खरिद गरिसक्ने बेलौरी नगरपालिकाका मेयर चौधरीले बताउनुभयो । उहाँले एक साता भित्रै दमकल खरिदका लागि टेन्डर आह्वान गरिने बताउनुभयो ।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी