


काठमाडौं । मित्रपार्क चाबहिलमा अवस्थित टेक्सास इन्टरनेसनल कलेजले यहि २०८२ मंसिर २४, २५ र २६ गते (डिसेम्बर ९, १० र ११, २०२५) तीनदिने ‘टेक्सास साइन्स एन्ड आइटी एक्जिबिसन-२०८२’ आयोजना गर्दैछ । नवप्रवर्तन, रचनात्मकता र प्राविधिक उत्कृष्टताको यो उत्सवमा कलेजका विद्यार्थीहरूले तयार पारेका १०० भन्दा बढी रोचक तथा उपयोगी परियोजनाहरू प्रदर्शनीमा राखिने छन् ।
एक्जिबिसनमा मुख्य आकर्षणका रूपमा IoT र रोबोटिक्सतर्फका ३८ वटा परियोजनाहरू रहनेछन् । जसमध्ये केही चर्चित परियोजनाहरूमा Smart Door Lock Security System, Motion Controlled Smart Wheelchair, First Aid Drone, Eco-Smart Bus Stop, Automated Gas Risk Detection and Response Unit, Smart Green House, Fire Fighting Bot, Self-Balancing Robot, Water Pollution Detecting Bot, Air Quality Monitoring System, Hand Gesture Controlled Car, Smart Weather Intelligent Forecasting Technology, Mini IOT Air Defense System, Humanoid Robot लगायत रहनेछन् ।
यसबाहेक साइबर सेक्युरिटी क्षेत्रमा “Moded App for Spyware” र “Phishing Attack: Credentials Harvesting” जस्ता डेमो परियोजनाहरू, सफ्टवेयरतर्फ “Learn-Z: Modern Learning Application” र “Canteen Management System”, तथा गेमिङतर्फ “Dodge Ball” र “Fruits Collect” जस्ता परियोजनाहरू पनि प्रदर्शनीमा रहनेछन् ।
कलेजका विजनेश डेभलपमेन्ट डाइरेक्टर नारायण प्रसाद पोखरेलले बताउनुभयो, “यो एक्जिबिसन केवल परियोजना प्रदर्शनी मात्र होइन, विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानलाई वास्तविक समस्यासँग जोडेर बनाएका समाधानहरूको ठूलो प्लेटफर्म हो । यहाँ वातावरणीय समस्या, स्वास्थ्य, सुरक्षा, दिगो विकास र डिजिटल साक्षरतासम्मका स्थानीय चुनौतीहरूलाई सम्बोधन गर्ने परियोजनाहरू प्रस्तुत हुनेछन् ।” सूचना प्रविधिको क्षेत्रमा रुचि राख्ने र केही गर्न चाहने विद्यार्थीहरूलाई प्रोत्साहित गर्नका लागि एक्स्पोको आयोजना गर्न लागेको कलेजका विजनेश डेभलपमेन्ट डाइरेक्टर पोखरेलले बताउनुभयो ।
कलेज प्रमुख श्याम सुन्दर श्रेष्ठले भन्नुभयो, “हाम्रा विद्यार्थीहरूले STEM (Science, Technology, Engineering & Mathematics) क्षेत्रमा देखाएको रचनात्मकता र नवीन सोचलाई प्रोत्साहन गर्न यो एक्जिबिसन आयोजना गरेका हौं । यो कार्यक्रमले भावी पुस्तामा प्रविधिप्रति रुचि जगाउन र उनीहरूलाई समस्या समाधानको क्षमता विकास गर्न ठूलो भूमिका खेल्नेछ ।” उहाका अनुसार उक्त्त प्रदर्शनीले विद्यार्थीहरूका उत्कृष्ट तथा नवीन परियोजनाहरूलाई प्रकाश पार्दै विज्ञान तथा आइटीको क्षेत्रमा रुचि जगाउने काम गर्नेछ ।
कलेज प्रमुख श्रेष्ठले नेपालको शिक्षा क्षेत्र विश्वव्यापी प्राविधिक परिवर्तनसँगै अगाडि बढिरहेका बेला टेक्सास इन्टरनेसनल कलेजजस्ता संस्थाद्वारा आयोजित यस्ता कार्यक्रमले भावी नवप्रवर्तकहरूका लागि महत्वपूर्ण उत्प्रेरकको रुपमा काम गर्ने बताउनु भयो ।
टेक्सास इन्टरनेशनल कलेजले रचनात्मकता, नवीनता र नयाँ कुरा सिकाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको र सोही क्रमलाई निरन्तरता दिँदै कलेजले ‘ टेक्सस साइन्स एंड आइटि एक्जिबिसन- २०८२’ आयोजना गर्न लागेको हो ।
प्रदर्शनीमा वातावरण विज्ञानदेखि कोडिङ सिमुलेसनसम्मका अन्तरक्रियात्मक स्टलहरू राखिनेछन । विद्यार्थीहरूले दिगो ऊर्जा र डिजिटल साक्षरता जस्ता स्थानीय चुनौतीहरूलाई सम्बोधन गर्ने परियोजनाहरू प्रस्तुत गर्नेछन । एक्सपोमा विज्ञान र प्रविधिको क्षेत्रमा भएका नयाँ खोज अनुसन्धानको विषयमासमेत जानकारी गराइने छ । एक्सपोमा विभिन्न रोमाञ्चक खेलहरू समेत संलग्न हुने छन् । एक्सपोमा विद्यार्थीहरूले बनाएका विभिन्न प्रोजेक्टहरू प्रदर्शनीमा राखिने छन् ।
तीनदिने उक्त्त कार्यक्रममा करिब १५० विद्यालय तथा कलेजका १५,००० भन्दा बढी विद्यार्थीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । एक्जिबिसन सर्वसाधारणका लागि पनि पूर्ण रूपमा निःशुल्क तथा खुला रहनेछ ।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी