ई-घोडाघोडी खबर

२३ पुष २०८२, बुधबार

  • Mohrain Tours and Travels
  • मुख्यमन्त्री शाहद्वारा स्वामी रामदेव र आचार्य बालकृष्णसँग सुदूरपश्चिमको धार्मिक पर्यटन विकासबारे छलफल

    मुख्यमन्त्री शाहद्वारा स्वामी रामदेव र आचार्य बालकृष्णसँग सुदूरपश्चिमको धार्मिक पर्यटन विकासबारे छलफल
    Spread the love

    अविनाश चौधरी

    धनगढी, पुस ९ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वामी रामदेव र आचार्य बालकृष्णसँग धार्मिक पर्यटन विकासको सवालमा छलफल गर्नुभएको छ।

    स्वास्थ्योपचारको सिलसिलामा भारतको दिल्ली गएको बेला उहाँले दुवै जनासँग सुदूरपश्चिममा धार्मिक पर्यटन विकासको सवालमा छलफल गर्नु भएको हो। त्यस क्रममा मुख्यमन्त्री शाहले धार्मिक पर्यटन विकासका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो।

    स्वास्थ्यमा समस्या देखिएपछि उहाँ उपचारका लागि भारतको नयाँ दिल्ली जानू भएको थियो। मुख्यमन्त्री शाह एकचरणको उपचार पश्चात स्वदेश फर्कनु भएको छ। नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचार गराएर उहाँ मङ्गलबार स्थलमार्ग भएर स्वदेश फर्कनु भएको हो। दायाँ खुट्टाको हड्डी र नसासम्बन्धी समस्याबाट ग्रसित उहाँ एकसाता अगाडि उपचारको लागि दिल्ली प्रस्थान गर्नु भएको थियो।

    मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमका अनुसार शाहले यसअघि, धनगढीको सेती प्रादेशिक अस्पताल र काठमाडौंको वीर अस्पतालमा उपचार गराउनु भएको थियो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी