घोडाघोडी १ मा वडा स्तरीय तिज नृत्य प्रतियोगिता हुने

सुखड कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका–१ जनकपुरमा वडा स्तरीय हरितालिका तिज विशेष शुभकामना आदान प्रदान तथा नृत्य प्रतियोगिता हुने भएको छ
। वडा नम्बर १ को आर्थिक सहयोग र जनकपुर बजार व्यवस्थापन समितिको आयोजनामा भाद्र ३१ गते कार्यक्रम हुने बताईएको छ ।
हरितालिका तिजको अवसरमा कार्यक्रम गर्न लागेको जनकपुर बजार व्यवस्थापन समिति उपाध्यक्ष अमन चौधरीले जानकारी दिनुभयो ।
तिज गीत नृत्य प्रतियोगिताको प्रथम विजेताले नगद ५ हजार ५ सय ५ रुपैयाँ सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै द्वितीय र तृतीयले क्रमशः २५ सय ५ रुपैयाँ र १५ सय ५ रुपैयाँ सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
टिम दर्ता निःशुल्क रहेको र पालिका भित्र रहेका कला केन्द्र, क्लब, महिला समुह लगायतलाई तिज नृत्य प्रतियोगिता सहभागिता भई दिन आयोजक कमिटिले अनुरोध गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *