कञ्चनपुरको सीमामा ६० बोरा अवैध चामल फेला

 कञ्चनपुरस्थित नेपाल–भारत सीमानाका क्षेत्रमा अवैध चामल फेला परेको छ। आज (आइतबार) प्रहरीले जिल्लाको पुनर्वास नगरपालिका–६ मा उक्त चामल फेला पारेर बरामद गरेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी र त्यहाँको स्थानीय प्रहरी टोलीले ६० बोरा अवैध चामल फेला पारी बरामद गरिएको जनाएको छ। भारतबाट नेपालतर्फ आउने बाटोमा बेवारिसे अवस्थामा चामल भेटिएको थियो। अहिले प्रहरीले सो चामललाई भन्सार पठाउने तयारी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *