कैलालीमा बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

कैलालीमा बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका-६ का ३३ वर्षीय भुवन कुँवर बुधवार साँझ पक्राउ परेका हुन्। जिल्ला अदालत कैलालीले २०७९ मंसिर १४ गते कुँवरलाई बहुविवाह मुद्दामा ११ महिना ११ दिन कैद र १० हजार जरिवाना तोकि फैसला सुनाएपछि उनी फरार रहेका थिए। उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *