ने.बि .संघले टीकापुरमा खसी कप दोश्रो संस्करण फुटबल प्रतियोगिता गर्दै

नेपाल विधार्थी संघ सुदुरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान संकाय टीकापुर कैलालीले खसी कप दोश्रो संस्करण फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको अवसरमा ने. वि. संघ सु.प.वि कृषि बिज्ञान संकाय एकाइले FWU KHASI CUP दोस्रो संस्करण फुटबल को आयोजना गर्ने भएको छ । “FWU KHASI CUP” अर्थात् FWU CUP हरेक वर्ष यसै समयमा आयोजना हुनेगरि तयार गरिएको event हो ।

विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा सहभागिता, बहुआयामिक वृद्धि बिकास क्षमता पहिचान र अभिवृद्धि तथा दशैं को शुभकामना आदान प्रदान खेलको माध्यमबाट गर्ने उद्देश्यले ने.वि.संघ द्वारा यो प्रतियोगिता आयोजना गरिएको हो।

उक्त खेल फिफाको नियम अनुसार र नक आउट चरणमा खेलाइने आयोजक टिम तथा नेपाल विधार्थी संघ सुदुरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान संकाय टीकापुर कैलाली का सचिव बसन्त बोहरा ले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *