इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई लाख राहत दिने

इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिमका सात जना विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत स्वरुप जनही दुई लाखका दरले रकम प्रदान गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमवार एक विज्ञप्ति जारी गर्दै विद्रोही समूहको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरुका परिवारलाई राहत स्वरुप दुई/दुई लाख रुपैयाँ उपलब्ध गराइने जनाएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले हस्ताक्षर गर्नु भएको विज्ञप्तिमा इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोधसमेत गरिएको छ । इजरायलमा आतंकवादी समूह हमासले गरेको हमलामा परी आइतवार १० जना नेपालीको ज्यान गएको थियो । जसमध्ये सात जना सुदूरपश्चिमका विद्यार्थी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *