धनगढीः दशैका लागि आजबाट नयाँ (सफा) नोट साट्न सुरु गरिएको छ। यस वर्षको दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले आज (सोमबार)देखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन काउण्टर खुला गरेको छ।
असोज २९ देखि राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग र वाणिज्य बैंकहरूका तोकिएका शाखा कार्यालयमार्फत समेत नयाँ नोट सटही सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको हुँदा बैंकहरूले तोकेको नजिकको शाखामार्फत नोट सटही गर्नुहुन सबैलाई सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘राष्ट्र बैंकका प्रादेशिक कार्यालय वा वाणिज्य बैंकले तोकेका कार्यालयमध्ये पायक पर्ने स्थानमा गई नोट सटही सुविधा लिन सकिन्छ।’
बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएको राष्ट्र बैंकले जनाएको छ। यो रकममा सिक्काको हिसाब हुँदैन। दसैं र तिहारको अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का (चाँदीका स्मारिका सिक्का र सुनका असर्फी) पनि धेरै बिक्री हुँदै आएको छ।