फारवेष्ट पशुपति कपको तयारी पूरा

धनगढी ः फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। आयोजक फारवेष्ट पशुपति युवा क्लबले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको बताएको हो।

भोलिदेखि धनगढीमा हुने प्रतियोगिताको सबै तयारी सकिएको आयोजक क्लबका महासचिव ललित मिश्रले बताए। प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

यस्तै प्रतियोगिताको टफी पनि सार्वजनिक गरिएको छ। प्रतियोगितामा भाग लिएका क्लबका कप्तान सहित टफी सार्वजनिक गरिएको हो। प्रतियोगिताको उद्घाटन खेलमा पुस ६ गते स्टार सिटी युवा क्लब र पुनर्वास नगरपालिका खेलकुद विकास समिति खेल्नेछन्। प्रतियोगितामा एक भारतीय क्लब सहित १६ टीमको सहभागीता रहेको छ। प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए।

प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन्। सबै धनराशी जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिईने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ। प्रतियोगिता सञ्चालनमा झण्डै ४९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

समूह ए मा स्टार सिटी र पुर्नवास नगरपालिका खेलकुद विकास समिति सँगै टेकवहादुर चोखाल फाउण्डेसन, घोडाघोडी युवा क्लब, विएस १५ फुटबल एकेडेमी, एपिएफ ७ नम्बर वाहिनी, सिएफसी क्लब कोलकोत्ता र सुदुरपश्चिम ११ स्पोर्टस क्लब रहेका छन्।

समुह बी मा ईलाईट युवा क्लब, अल स्टार्स एकेडेमी, वाईज युनियन लम्की, नेपाल प्रहरी सुदुरपश्चिम प्रदेश, पुर्नवास युनाईटेड क्लब, ग्रीन सिटी क्लब र आयोजक फारवेष्ट पशुपति युवा क्लब रहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *