धनगढीका जग्गा कारोबारीले पाएनन् अन्तरिम आदेश, कारण देखाउ आदेश जारी

धनगढीः धनगढी उपमहानगरपालिकाविरुद्ध जग्गा कारोबारीले दायर गरेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश नभई कारण देखाउ आदेश मात्र दिएको छ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाशमा बुधबार भएको सुनुवाइमा अन्तरिम आदेश जारी नहुने आदेश भएको हो। जग्गा प्लटिङ सम्बन्धी कार्यविधि लागू गरिएपछि धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल समेतविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरिएको थियो। कार्यविधिविरुद्ध जग्गा कारोबारी उपेन्द्रप्रसाद अवस्थीले सर्वाेच्चमा रिट दायर गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *