सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशनको दोस्रो बैठक आज बस्दै

धनगढीः सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशनको दोस्रो बैठक आज बस्दै छ। प्रदेश सभाको दोस्रो बैठक आज दिउसो १ बजे बैठक आह्वान गरिएको हो।

प्रदेश सभाको बैठकमा आज विपद व्यवस्थापन सम्बन्धि बनेको ऐन २०७५ संशोधनका लागि टेबल हुने कार्यसूचि रहेको छ। यो ऐन प्रदेश सरकारले तेस्रो पटक संशोधन गरिन लागेको हो। संघिय सरकारको ऐनसंग बाझिएको भन्दै सो ऐन संशोधन गरिन लागेको आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले बताए। विधेयक अधिवेशन मानिएपनि नयाँ ऐनहरू सचिवालयमा दर्ता भएका छैनन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *