सुदूरपश्चिमकै प्रसिद्ध डडेल्धुराको उग्रतारा मन्दिरमा चोरी

सुदूरपश्चिमकै प्रसिद्ध डडेल्धुराको उग्रतारा मन्दिरमा चोरी भएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार गएराति साढे १ बजे चोरी भएको हो। कार्यालयका प्रमुख प्रहरी नायक उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार चाँदीको माला, चाँदीको मुकुट लगायतका सामान चोरी भएको छ।

डिएसपी भट्टसहित प्रहरी टोली मन्दिर पुगि अनुसन्धान गरिरहेका छन्। उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साकीले चाँदीका पुजाका सामान चोरी भएको बताएका छन्। मन्दिरमा सिसी क्यामेरा जडान गरिएको भए पनि पूर्ण रुपमा सञ्चालनमा भने नरहेको प्रहरीले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *