घोडाघोडी नगरपालिका ‘स्थानीय आर्थिक विकासमा उत्कृष्ट नगरपालिका पुरस्कार २०८१’ बाट सम्मानित

चैत ७ सुखड, कैलाली । नेपाल नगरपालिका संघको ३२ औँ स्थापना दिवसको अवसरमा घोडाघोडी नगरपालिका ‘स्थानीय आर्थिक विकासमा उत्कृष्ट नगरपालिका पुरस्कार २०८१’ बाट सम्मानित भएको छ ।

काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रमुख आतिथ्यतामा नगरपालिकालाई सम्मान प्रदान गरिएको हो।

घोडाघोडी नगरपालिकाले पछिल्ला वर्षहरूमा स्थानीय आर्थिक विकासका क्षेत्रमा गरेका महत्वपूर्ण उपलब्धिहरूका कारण उक्त सम्मान प्राप्त गरेको हो।

नगरप्रमुखले पुरस्कार ग्रहण गर्दै यस उपलब्धिमा योगदान दिने सबै नागरिक, कर्मचारी, व्यवसायी, तथा सहयाेग गर्ने संघ–संस्थाहरूप्रति आभार व्यक्त गरे। साथै, आगामी दिनहरूमा पनि आर्थिक समृद्धि, पूर्वाधार विकास र स्थानीय उत्पादन प्रवर्द्धनका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए।

यस सम्मानले घोडाघोडी नगरपालिकाको पहिचान राष्ट्रिय स्तरमा अझ मजबुत बनाउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *