

कञ्चनपुर, असार ३२ गते । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका –१० फगिरे चौराहाका ४२ वर्षीया पारु सुनार मृत फेला पर्नुभएको छ । बिहीबार बिहान घरमा सुनार मृत फेला पर्नुभएको हो । स्थानीयका अनुसार बुधवार राति घरमै मदिरा सेवन गरेर उहाँ र उहाँका श्रीमान् ४५ वर्षीय रनबहादुर सुनारबिच आपसी झगडा भएको थियो ।... विस्तृतमा
दोधारा चाँदनी (कञ्चनपुर), असार ३२ गते । सोच्नै सकिँदैन । जीवनभर दुःख सुखमा सँगै बाँच्ने र सँगै जिउने कमस खाएका श्रीमान् रणबहादुर सुनारले अन्ततः आफ्नै श्रीमतीको ज्यान लिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख टेकबहादुर रावतले ४२ वर्षीया पारु सुनारको उहाँका ४५ वर्षीय श्रीमान्... विस्तृतमा
बेलौरी (कञ्चनपुर), असार ३१ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मजगाउँ विमानस्थल निर्माण कार्य ७५ प्रतिशत निर्माण कार्य पूरा भएको छ । नेपाली सेनाले उपयोगमा ल्याएको निकुञ्ज प्रवेशद्वारसम्मको रत्न वाटिकाको जमिन विमानस्थलका लागि छोडेपछि निर्माण कार्यले तीव्रता पाएको हो । मजगाउँ विमानस्थल आयोजना... विस्तृतमा
अविनाश चौधरी धनगढी, असार २८ गते । खेतीपातीमा रमाउने भूमिपुत्र थारू समुदायमा ‘हर्डहुवा’ उत्सवको रौनक छाएको छ। रोपाइँको काम सकिएपछि शारीरिक पुनर्ताजगीका लागि यस समुदायका मानिसले हर्डहुवा उत्सव मनाइरहेका हुन्। घामपानी र हिलोमाटोसँग जुधेर खेतीपातीको काम गर्ने र काम सकिएपछि गाउँभरिका कृषक परिवारले... विस्तृतमा
भवानीदत्त भट्ट कञ्चनपुर, असार २८ गते। कञ्चनपुरमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण चुक्ता गरिदिने भन्दै कर्मचारीले जमिन आफ्नो नाममा लिए पनि ऋण नतिरेको भन्दै सदस्यहरूले गुनासो गरेका छन्। दोधारा चाँदनी नगरपालिका–६ मा शाखा रहेको उक्त लघुवित्तका १५ जना सदस्यले यस्तो गुनासो गरेका हुन्। आठ... विस्तृतमा
पकरियापुर (कैलाली), जेठ ७ गते । मध्याह्नको उखरमाउलो गर्मी । तातो हावा चलिरहेको छ । भजनी नगरपालिका–३ पकरियापुरका मानबहादुर चौधरीको अनुहार पटक्कै तातेको देखिँदैन । सार्वजनिक सुरक्षित आश्रयस्थलको खुला चौरमा भेटिनुभएका ४० वर्षीय चौधरी दोस्रो कार्यकालको बढघर९भलमन्सा०को नेतृत्व गरिरहनुभएको रहेछ ।... विस्तृतमा
इन्द्रा कुमारी केसी घोडाघोडी (कैलाली), १३ जेठ/ एक समय थियो, गाउँघरका हरेक गोठ गाईगोरुले भरिएका हुन्थे । बिहान सबेरै किसानहरू हलो काँधमा बोकेर खेततिर निस्कँदा गोरु उनीहरूका मुख्य साथी हुन्थे । खेत जोत्न, मल उत्पादन गर्न, दूध दिन र घरपरिवारको आर्थिक आधार बन्न गाईगोरुको महत्वपूर्ण भूमिका थियो ।... विस्तृतमा
धनगढी, जेठ १३ गते । थारू समुदायमा प्रचलित भलमनसा प्रथासम्बन्धी कानुनी व्यवस्थाका लागि सुदूरपश्चिम प्रदेश सरकारले बडघर/भलमनसा ऐन निर्माण गर्न थालेको छ । सरकारले बडघर र भलमनसा प्रथाको संरक्षण, प्रवर्धन एवं विकास गर्ने उद्देश्यले यो ऐन बनाउन लागेको हो । ऐन निर्माणका लागि प्रदेश सरकारले सुदूरपश्चिम... विस्तृतमा
इन्द्रा कुमारी केसी घोडाघोडी (कैलाली) , १८ जेठ एक समय सरकारी संयन्त्रको नियन्त्रणमा सीमित नेपालको वन क्षेत्र अहिले समुदायको सक्रिय सहभागितामार्फत संरक्षण र व्यवस्थापनको सफल नमूनाका रूपमा स्थापित भएको छ । करिब चार दशकअघि सुरु भएको सामुदायिक वन कार्यक्रमले वन संरक्षणमा मात्र होइन, स्थानीय समुदायको... विस्तृतमा
वासुलिङ, बैतडी, जेठ २१ गते । एक समय हरियालीले ढाकिने बैतडीका गाउँ–बस्तीका खेतबारी यतिबेला बाँझिँदै जान थालेका छन् । बिहानदेखि साँझसम्म हुलका हुल बाँदर खेतबारीमा पसेर बालीनाली नष्ट गर्न थालेपछि किसानले खेतीपाती नै छाड्न थालेका हुन् । वर्षभरि दुःख गरेर लगाएको बाली पाक्न नपाउँदै नष्ट हुन थालेपछि... विस्तृतमा
धनगढी, जेठ २६ गते । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयले आज अपरान्ह ४ बजे सभाको बैठक बोलाइएको जनाएको छ । बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८३ वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा छलफलका लागि प्रस्ताव पेस गर्ने... विस्तृतमा
घोडाघोडी(कैलाली), ३० जेठ/ कैलालीको विभिन्न वन क्षेत्रमा गरिएको अतिक्रमण हटाउने अभियान अन्तर्गत शुक्रवार ४७ वटा कच्ची तथा पक्की संरचना भत्काइएको छ । करिब ३५ हेक्टर वन क्षेत्रमा बनाइएका संरचनाहरू भत्काइएको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत राम विचारी ठाकुरले जानकारी दिनुभयो ।... विस्तृतमा
सुचना तथा संचार मन्त्रालय
दर्ता नं. : 071/72/770
पान नं.: 602780247
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी