हरेक कार्यस्थलमा केही यस्ता सहकर्मीहरू हुन्छन्, जसले आफ्नो काममा ध्यान दिँदैनन् । त्यति मात्रै नभएर अरुको काममा पनि बाधा गरिरहेका हुन्छन् । यस्ता व्यक्तिले कार्यस्थलको उत्पादकत्वमा बाधा पुर्याउँछन् र कार्यस्थलको वातावरण खराब बनाइरहेका हुन्छन् ।
ती व्यक्तिको यस खालको हर्कतले उसले आफ्नो मात्रै नभएर सहकर्मीको पनि वृत्तिविकासमा असर पुर्याइरहेको हुन्छ । त्यस कारण कार्यस्थलमा यस्ता सहकर्मीहरूबाट बच्नु आवश्यक हुन्छ । यद्यपि, सहकर्मी छनोट गर्ने स्वतन्त्रता अफिसमा नहुन सक्छ, तर यस्ता व्यक्तिहरूसँग सुरक्षित दूरी कायम गर्न सकिन्छ ।