


कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा यसपर्ष पनि माघी मेला संचालन हुने भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा रामजानकी सेवा समाज सुगरखालको आोजना तथा कैलाली ईभेण्ट मिडियाको सह आयोजनामा यसपटक पनि माघी धार्मिक तिर्थ मेलाको आयोजना गरिने भएको हो ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजक रामजानकी सेवा समाज बर्दगोरिया ६ सुगरखालका अध्यक्ष तथा मेला संयोजक चक्र बहादुर कठरियाले यस ठाउँको प्रचारप्रसारका लागि र बर्दगोरिया गाउँपालिकाको सबैभन्दा टाढा पर्ने यस ठाउँलाई चिनाउन तथा यस ठाउँको समग्र बिकास निर्माणमा दबाद दिनको लागि यो माघी मेला सञ्चालन गरिने वहाँले बताउनु भयो । बिशेषगरी यहाँ बर्षौ देखिको मुल समस्या बाटोको र दुई छिमेकी पालिका जोड्ने मोटर पुल निर्माणका लागि स्थानिय देखि प्रदेश र संघ सरकारलाई पहल तथा दबाब दिनका लागि बिगत २ बर्षदेखि यो मेला निरन्तर सञ्चालन गरिरहेको वहाँले बताउनु भयो । भेषभुषा, भाषा कला सस्कृतिको सम्मान ,यसको पहिचानका साथै बर्दगोरिया ६ मा रहेको धार्मिक ,सास्कृतिक तथा पर्यटकीय क्षेत्र भक्तिनिया अस्थानको प्रवर्द्धनमा टेवा पुर्याउने मुख्य उदेश्य सहित मेला संचालन गरिने मेला संयोजक कठरियाले जानकारी दिनुभयो ।
यस्तै वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले यो मेलाले बर्दगोरिया गाउँपालिकाको पिछडिएको सुगरखाल, जोकाहीलाई चिनाउनमा मेलाले ठुलो भुमिका निर्वाह गरेको जिकिर गर्नुभयो । बिगतमा यो सुगरखाल भन्ने बित्तिकै मोह न्यालको साबिक सुगरखाल गाबिसलाई सम्झिने गरिन्थ्यो तर यो निरन्तर २ बर्ष देखि सञ्चालन हुर्दै आएको मेलाले यस ठाउँलाई चिनाउनमा ठुलो भुमिका खेलेको बताउनु भयो । यसैगरि बिशेषतः यहाँका स्थानिय रहनसहन, कलासँस्कृति, परम्परा तथा भेषभुषालाई पनि प्रर्दशन तथा स्थानिय परिकारहरुलाई यस मेला मार्फत बजारीकरण तथा प्रबद्र्धन गर्नमा सहज हुने अपेक्षा गएिको बताउनु भयो ।
रामजानकी धार्मिक क्षेत्रको प्रचार प्रसार गर्ने र आन्तरिक पर्यटनको प्रवद्र्धन, आपसी सद्भावका निम्ति आयोजना गर्न लागिएको मेलाको विशेष गरी थारु समुदायको नयाँ बर्षका रुपमा लिदै आएको माघी पर्वको अवसर पारी माघ २ गते उद्घाटन गरिनेछ । मेला सञ्चालनका लागि ब्यापारिक स्टल दर्ता पनि खुल्ला गरिएको आयोजकले जनाएको छ ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर ६, स्थित रामजानकी मन्दिरको प्राङ्गण ,सुगरखालमा हुने मेलामा विभिन्न स्ट्ल ,राष्ट्रिय तथा स्थानीय कलाकारहरुका साथै विभिन्न झाकीहरुको समेत प्रस्तुती रहने छ ।
माघ २ गतेदेखि संचालन हुने मेला ४ दिनसम्म संचालन हुने जनाइएको छ ।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी