ई-घोडाघोडी खबर

२५ बैशाख २०८३, शुक्रबार

  • Mohrain Tours and Travels
  • वर्षासँगै कैलालीका वन डढेलो नियन्त्रणमा

    वर्षासँगै कैलालीका वन डढेलो नियन्त्रणमा
    Spread the love

    अविनाश चौधरी

    धनगढी, वैशाख २५ गते । कैलालीको विभिन्न ठाउँमा वनमा लागेको डढेलो निभेको छ । प्रि–मनसुन सिजनमा विगत केही दिनयता वर्षा भएकाले वनमा लागेको डढेलो निभेको हो ।

    चुरे क्षेत्रसहित तराईको मैदानी भूभागमा रहेको वनमा डढेलो लागेको थियो । लागेका डढेलोलाई आकाशे पानीले निभाएको जनाइएको छ । यसअघि पानी नपर्दै लागेको डढेलो भने वन क्षेत्रमा नोक्सान भएको छ ।

    यद्यपि, यस वर्ष विगत वर्षको तुलनामा डढेलो वन क्षेत्रमा कम क्षति भएको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत डा. रामविचारी ठाकुरले जानकारी दिनुभयो ।

    “यस वर्ष डढेलोेले त्यति धेरै क्षति भएको छैन” उहाँले भन्नुभयो, “हामी सतर्क थियौं । पानीले पनि साथ दियौं ।” चुरे लगायतका अन्य क्षेत्रमा लागेको डढेलो पछिल्लो समय परेको पानीले निभेको ठाकुरको भनाइ छ । तराई क्षेत्रका वनमा डढेलो निभाउन केही सहज हुने गरे पनि चुरे क्षेत्रमा भने समस्या हुने गरेको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी