ई-घोडाघोडी खबर

२७ बैशाख २०८३, आईतवार

  • Mohrain Tours and Travels
  • हुलाक सेवा आधुनिकीकरण हुँदै, अब राहदानी घरमै पुग्ने

    हुलाक सेवा आधुनिकीकरण हुँदै, अब राहदानी घरमै पुग्ने
    Spread the love

    बेलौरी (कञ्चनपुर), वैशाख २६ गते । चिठीपत्र आदानप्रदानका काममा मात्रै सीमित बनेको हुलाक सेवालाई आधुनिकीकरण गर्न थालिएसँगै सेवाग्राहीलाई  सहज भएको छ ।

    हुलाक कार्यालय कञ्चनपुरका सूचना अधिकारी भोजराज भट्टले विगतमा चिठीपत्र आदानप्रदानमा सीमित बनेको हुलाक कार्यालयले आगामी दिनमा राहदानी, सवारीचालक अनुमतिपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र विश्वविद्यालयका प्रमाणपत्रसहितका कागजात सेवाग्राहीको घरमै पु¥याउने गरी तयारी थालिएको बताउनुभयो ।

    पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने राहदानी घरमै पु¥याउने गरी सेवा प्रारम्भ गरिएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयसँग भएको सहमतिपछि ५५ रुपियाँको टिकट काटेपछि सेवाग्राहीले घरमा राहदानी पाउने उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा पहिलो चरणमा मङ्गलबार, बुधबार र बिहीबार २५ जनाभन्दा बढीले घरमै राहदानी लिन हुलाक टिकट काटेको उहाँले बताउनुभयो ।

    राहदानी तयार भएको साता दिनभित्र सेवाग्राहीको घरमै पु¥याइने हुलाक कार्यालयका सूचना अधिकारी भट्टले बताउनुभयो । प्रशासनबाट नागरिकता र राष्ट्रिय परिचयपत्र पनि प्रेषण गर्न सकिने छ । यसै गरी यातायात व्यवस्था कार्यालय, कञ्चनपुरबाट तयार भएका सवारीचालक अनुमतिपत्र सेवाग्राहीको घरमा पु¥याउने तयारी अगाडि बढाइएको हुलाक कार्यालयले जनाएको छ । साथै सुदूरपश्चिम विश्वविद्यालयसँग भएको छलफलमा विद्यार्थीका विभिन्न शैक्षिक प्रमाणपत्रसमेत हुलाकमार्फत घरमै पु¥याउने गरेर काम अगाडि बढाउने सहमति भएको सूचना अधिकारी भट्टले बताउनुभयो ।

    उहाँले जिल्ला हुलाक कार्यालय कञ्चनपुरमा पछिल्लो तीन महिनामा २२ हजार ६८७ हुलाक वस्तु आयात तथा निर्यात गरिएको जानकारी दिनुभयो ।

    सूचना अधिकारी भट्टका अनुसार गत आर्थिक वर्षको माघ, फागुन र चैत महिनामा आठ हजार ८८६ (डाँक बाट) रजिस्ट्री चिठी, सात हजार ७१४ रजिस्ट्री चिठी (दर्ता), तीन हजार ५२७ समाचार पत्रपत्रिका आयात र निर्यात गरिएका छन् ।

    जिल्ला हुलाक कार्यालय कञ्चनपुरमा दु्रत चिठीपत्र, पुलिन्दा दर्ता, वैदेशिक पार्सल, बुक पोस्ट (रजिस्ट्री) र रजिस्ट्री चिठी आयात तथा निर्यात सङ्ख्या बढ्दो क्रममा रहेको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी