चट्याङ लागेर एकको ज्यान गयो

गए राति बाजुरामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । मङ्गलवार साँझ परेको अविरल वर्षासँगै चट्याङ पर्दा जगन्नाथ गाउँपालिका –१ डाँडाबाडाका ३१ वर्षीया युवक यमराज बिष्टको ज्यान गएको हो ।

गाउँबाट झण्डै ६ घण्टाको दूरीमा रहेको दिउँरा पाटनमा भैँसी गोठालो गएका विष्टको चट्याङमा परेर ज्यान गएको जगन्नाथ गाउँपालिका –१ का वडा अध्यक्ष गणेशराज गिरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विष्ट केही महिनाअघि भैँसीपालन गर्न दिउँरा पाटन जानुभएको थियो । उतै गोठ बनाएर बस्नुभएका विष्टको गए राति चट्याङ लागेर ज्यान गएको हो ।” गए राति करिब ८ बजे रुखमा परेको चट्याङ लागेर विष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

भँैसीको गोठमा रहेको बेला चट्याङ परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधकारी किशोरसिहं ऐरले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *