कैलालीको घोडाघोडी नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्न आवेदन माग गरेको छ । घोडाघोडी नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्न नगर शिक्षा ऐन २०७७, नगर शिक्षा नियमावली २०८० बमोजिम सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्नका लागि आवेदन माग गरेको हो ।

योग्यता पुगेका शिक्षकहरूले साउन ३१ गतेभित्र आवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ । आधारभूत तह कक्षा (१–५) को हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा १२ पास वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । त्यस्तै आधारभूत तह कक्षा (१–८) को लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

त्यस्तै माध्यमिक तह कक्षा (१–१०/१२) को लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको शिक्षकले आवेदन दिन सक्नेछन् । सम्बन्धित तहको शिक्षक पदमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको, नियुक्ति हुँदाको बखत कुनै राजनीतिक दलको सदस्य नरहेको, उच्च नैतिक चरित्र भएको शिक्षकले आवेदन दिन सक्नेछन् ।

नगरापलिकाले आवेदनको शुल्कसमेत लिने भएको छ।