महेन्द्रनगरमा सात दिने निषेधाज्ञा जारी

कञ्चनपुरको महेन्द्रनगरमा निषेधाज्ञा जारी भएको छ । भीमदत्त नगरपालिका –४ मा रहेको संविधान चोकको आसपास क्षेत्रमा मूर्ति स्थापना गर्न दिने वा नदिने विषयमा राजनीतिक दलबीच मतभिन्नता देखिएपछि शान्ति सुव्यवस्थालाई कायम राख्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ क) बमोजिम संविधान चोक र सो चोक पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक क्षेत्र, संविधान चोकबाट पश्चिम मदन भण्डारीको सालिकसम्मको मुख्य सडक क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

तोकिएको क्षेत्रमा आजदेखि सात दिनसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा भइ जुलुस, प्रदर्शन, धर्ना, घेराउ, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *