घोडाघोडी पर्यटन तथा सास्कृतिक महोत्सब २०८० पौष २६ देखि सुरु हुँदै

कैलालिको घोडाघोडी नगरपालिकामा घोडाघोडी पर्यटन तथा सास्कृतिक महोत्सबको आयोजना हुने भएको छ । घोडाघोडी सामाजिक सरोकार केन्द्रको आयोजनामा यहि पौष २६ देखि महोत्सब सुरु हुने पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ ।

“कृषि पर्यटन उद्योग र व्यापार ,समृद्ध घोडाघोडीको आधार ” भन्ने मुल नाराका साथ सुरु हुने महोत्सब माघ ६ गते सम्म सन्चालन हुने आयोजक सस्थाका उपाध्यक्ष हुकुम आचार्यले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छ्न ।

महोत्सब आयोजना गर्नका लागि यस क्षेत्रमा चुनौती रहेको बताउदै सस्थाका सचिब बिरेन्द्र जिसिले महोत्सब सफल बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने बताए । बिगत ४ बर्ष देखि यस नगरपालिकामा रहेर सस्थाले काम गरिरहेको बताउदै जिसिले भने , केही दिन पहिले मात्रै हामिलाइ यो सस्था हस्तान्तरण गरिएको हो

महोत्सब सफल पार्नका लागि स्थानिय तह लगायतका सङ्ग सहकार्य गरिरहेका छौ । कला सस्कृती र पर्यटनलाइ उजागर गर्नका लागि महोत्सबले महत्वपुर्ण भुमिका खेल्ने मुल आयोजक कमिटीका संयोजक नवीन क्षेत्रीले बताए ।

महोत्सबमा यहाका पर्यटकिय क्षेत्रका पोस्टर राखिनुका साथै रमाइलो मेला,मगर गाउँ थारु गाउँ, डेउडा,थारु नाच लगायत विभिन्न सस्कृती झल्किने प्रस्तुति सङ्गै ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सब अवलोकनका लागि टिकटमा सर्वसाधारणलाइ एक सय, बिद्यार्थीका लागि ५० र अशक्तका लागि छुटको ब्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *