सुखड: कैलालीको घोडाघोडीमा रुखबाट खसेर एक किशोरीको मृत्यु भएको छ।
घोडाघोडी नगरपालिका–८ की १९ वर्षीया ऋतु थापाको रुखबाट खसेर मृत्यु भएको हो। घोडाघोडी नगरपालिका–८ मा पर्ने लठुवा सामुदायिक बनमा मंगलबार दिउँसो ३ बजेतिर घाँस काट्न जाँदा उनको रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।
रुखबाट खसेर अचेत भएकी ऋतुको उपचारका लागि भेरि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।