बर्दगोरियाका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण 

 कैलालीको बर्दगोरिया गाउँपालिकाले किसानलाइ धानको बिउ वितरण गरेको छ। गाउँपालिकाले ५० प्रतिशत अनुदानमा सोमवार आठ सय बोरा धानको बिउ किसानलाई वितरण गरेको कृषि विकास शाखाका अधिकृत झंकरबहादुर रावतले जानकारी दिए।

गाउँपालिकामा रहेका कृषि फर्म तथा कृषि सहकारीमा आवद्ध कृषकद्धारा किसानहरुलाई गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुंवरले आज धानको बीउ वितरण गरेको रावतले बताए। कृषि विकास शाखामा आएका निवेदनका आधारमा आजबाट बिउ वितरण सुरु गरिएको हो। कृषिक्षेत्रलाई व्यवसायिक क्षेत्रमा परिणत गर्ने उद्देश्यका साथ प्राथमिकतामा पार्दै किसानहरूलाइ बिउ वितरण गरिएको रावतले बताए।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *