नदिमा डुबेर दुई जना बेपत्ता

कर्णाली पुलबाट हाम फालेर एक जना बेपत्ता भएका छन् । लम्कीचुहा नगरपालिका–३ चिसापानी  कर्णाली पुलबाट  परिचय र ठेगाना नखुलेका अन्दाजी ६५ वर्षीय पुरुषले हाम फालेर  बेपत्ता भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगी नेतृत्वको टोलीले नदीमा बेपत्ता भएका  पुरुषको खोजी कार्य गरिरहेको जिल्ला  प्रहरी कार्यालय कैलालीले  जनाएको छ । यस्तै कैलाली, जिल्लाको  मोहन्याल गाउँपालिका ४ बस्ने २५ वर्षीया कल्पना  बम समेत बेपत्ता हुनु भएको छ ।

माइतीघरबाट फर्कने क्रममा सुपली खोला तर्ने क्रममा उक्त खोलाले बगाई ठूलीगार्डमा बेपत्ता भएको  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *