ई-घोडाघोडी खबर

२२ मंसिर २०८२, सोमबार

  • Mohrain Tours and Travels
  • दिन प्रतिदिन बढिरहेको तापक्रमले समस्या निम्त्याउँदैछ, मन्त्री चौधरी

    दिन प्रतिदिन बढिरहेको तापक्रमले समस्या निम्त्याउँदैछ, मन्त्री चौधरी
    Spread the love

    ईन्द्रा कुमारी केसी
    घोडाघोडी (कैलाली), २२ जेठ
    सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले दिन प्रतिदिन बढिरहेको तापक्रमले समस्या निम्तयाउदै गइरहेको बताउन भएको छ । डिभिजन वन कार्यालय पहलमानपुरले वातावरण दिवसको अवसरमा बिहीबार कैलालीको घोडाघोडीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रत्येक वर्ष .७ डिग्री तापक्रम बढिरहेको बताउनु भयो ।


    उहाँले भन्नुभयो, अहिले ४८, ४९ डिग्री तापक्रम बढिरहेको छ अबको १० वर्षमा ५४, ५५ सम्म बढ्न सक्ने खतरा छ । यसलाई कम गर्नका लागि सबैले वृक्षारोपण गर्नुपर्छ, चौधरीले भन्नु भयो ।
    वातावरण जोगाउनका लागि आजै बाट प्रति व्यक्तिले ५ देखि दश ओटा सम्म रुख बिरुवाहरू रोप्नु पर्ने उहाँ बताउनु हुन्छ ।
    प्लास्टिक प्रदूषण नियन्त्रण हाम्रो दायित्व भन्ने मूल नाराका साथ यो यस पटक वातावरण दिवस मनाइएको हो ।
    मन्त्री चौधरीले दैनिक जीवनमा प्लास्टिक जन्य वस्तुहरूको प्रयोग न्यून गर्नुपर्ने पनि बताउनु भयो ।
    प्लास्टिकले वातावरण लाई मात्र होइन जमिनको उर्वरा शक्तिलाई पनि कम गर्छ उहाँले भन्नु भयो, हामीले गर्ने क्रियाकलापले वातावरण दिनानुदिन दिन प्रदूषण भइरहेको छ ।
    वन विनाशका कारण वातावरणमा परेको असरले सिमसार क्षेत्र, पानीको मुहान, विभिन्न ताल तलैयाहरू सुक्दै गएका छन् यस तर्फ सबैको ध्यान जान आवश्यक छ उहाँले भन्नु भयो ।


    कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टले सहजताका लागि पलाष्टिकको प्रयोग गरे पनि त्यसले वातावरणमा प्रत्यक्ष असर पारिरहेको बताउनु भयो ।
    डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले वातावरण संरक्षणका लागि सबै जना एक हुनु पर्ने बताउनु भयो ।


    एक जनाले संरक्षण गरेर केही हुँदैन उहाँले भन्नु भयो, “सबै निकायहरू एकजुट हुनु पर्छ ” ।
    विभिन्न संरक्षकर्मिहरुले बोलेको कार्यक्रममा“प्लास्टिक होइन प्रकृति रोजौँ”, “प्रदूषण हटाऊ पृथ्वी बचाऔ”, “पुन प्रयोग गरौँ, पुन उपयोग गरौँ, पुन चक्रण गरौँ” लगायतका नारा लगाई ¥याली समेत निकालिएको थियो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी