


धनगढी, असार ४ गते।
कैलालीको धनगढी उपमहानगरपालिका–५ स्थित बाल बिहानी इङ्लिश बोर्डिङ स्कुलले आज आफ्नो विद्यालयका छात्रछात्राहरूका लागि निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ ।
विद्यालयको आयोजनामा तथा गेटा आँखा अस्पताल, आँखा उपचार केन्द्र, बुद्ध मन्दिर ,धनगढीको प्राविधिक सहकार्यमा सम्पन्न उक्त शिविरमा कुल २ सय ३० जना विद्यार्थीहरूको आँखा परीक्षण गरिएको विद्यालयले जनाएको छ ।

शिविरमा नेत्र प्राविधिक हेमन्ती भट्टको टोलीले विद्यार्थीहरूको आँखाको प्रारम्भिक जाँच तथा आवश्यक परामर्श प्रदान गरेका थिए।
विद्यालयका प्रधानाध्यापक निर्मल पन्तले भने, “बालबालिकाको समग्र विकासका लागि शैक्षिक गुणस्तरसँगै स्वास्थ्य पनि महत्वपूर्ण पक्ष हो। हामीले समय–समयमा यस्ता स्वास्थ्य परीक्षण कार्यक्रम गरेर विद्यार्थीहरूको अवस्था बुझ्ने प्रयास गरेका छौँ। आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौँ।”
स्थानीय अभिभावकहरूले विद्यालय र अस्पताललाई धन्यवाद दिँदै यस्ता कार्यक्रमले बालबालिकामा समयमै स्वास्थ्य समस्या पत्ता लगाउन मद्दत पुग्ने बताएका छन ।


घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी