ई-घोडाघोडी खबर

११ आश्विन २०८२, शनिबार

  • Mohrain Tours and Travels
  • बडीमालिका पूजाका लागि धनगढी उपमहानगरको सरकारी टोली प्रस्थान

    बडीमालिका पूजाका लागि धनगढी उपमहानगरको सरकारी टोली प्रस्थान
    Spread the love

    अविनाश चौधरी

    धनगढी, साउन १८ गते। सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बाजुराको बडीमालिकामा पूजाका लागि धनगढी उपमहानगरपालिकाको सरकारी टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।

    उपप्रमुख कन्दकला राना, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीसहित ४५ जनाको टोली बडीमालिका प्रस्थान गरेको हो।

    सरकारी टोलीले बाजुराको बडीमालिका माई मन्दिरमा साउन २३ गते चतुर्दशीका दिन लाग्ने धार्मिक मेलामा पूजाआजा गर्ने उपप्रमुख रानाले बताउनुभयो।

    धनगढी उपमहानगरपालिकाको अगाडि रहेको वनदेवी मन्दिरमा विधिपूर्वक पूजा गरेर धनगढीको टोली बडीमालिकाको यात्रामा निस्केको छ।

    चतुर्दशीका दिन हरेक वर्ष बडीमालिका माई मन्दिरमा भव्य धार्मिक मेला लाग्दै आएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी