ई-घोडाघोडी खबर

११ आश्विन २०८२, शनिबार

  • Mohrain Tours and Travels
  • “जेनजी आन्दोलनपश्चात कैलालीको यातायात, नापी र मालपोत कार्यालय आंशिक रुपमा सञ्चालन”

    “जेनजी आन्दोलनपश्चात कैलालीको यातायात, नापी र मालपोत कार्यालय आंशिक रुपमा सञ्चालन”
    Spread the love

    युवा पुस्ता (जेनजी) आन्दोलनको क्रममा आगजनीबाट क्षति भएको कैलालीको यातायात व्यवस्था कार्यालयले आजबाट केही सेवा सुचारु गरेको छ ।

    आगजनीपछि हप्ता दिनसम्म सेवा दिन नसकेको सो कार्यालयले सरसफाइ र मर्मतपछि केही सेवा पुनः सुरु गरेको हो । सवारीसाधन नवीकरण, दर्ता, कर सङ्कलन तथा रुट परमिट, जाँचपासको काम सुरु भएको अधिकृत श्याम जोशीले जानकारी दिनुभयो ।

    सवारीचालक अनुमतिपत्रको काम सुचारु गर्न भने अझै केही दिन लाग्ने जनाइएको छ । चालक अनुमतिपत्र सम्बन्धीको कुनै पनि काम सुचारु हुन नसकेको जोशीले बताउनुभयो । आगजनीबाट यातायात व्यवस्था कार्यालयमा करिब डेढ करोडको क्षति भएको जनाइएको छ ।

    त्यस्तै, नापी कार्यालयको सेवा पनि आंशिक रुपमा सुचारु भएको छ । सो कार्यालयमा आगजनीका साथै कम्प्युटर लगायतका सामग्री तोडफोड गरिएको थियो । मालपोत कार्यालयको सेवा सुचारु भएपछि नापीले पूर्ण रुपमा सेवा दिने मालपोत अधिकृत जनकराज भट्टले बताउनुुभयोे ।

    यसैबिच, मालपोत कार्यालयको सेवा सुचारु गर्न भने अझै एक हप्तासम्म समय लाग्न सक्ने जनाइएको छ । आगजनी र तोडफोड भएको कार्यालयमा मर्मतको काम चलिरहेको मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले जानकारी दिनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी