कैलाली, घोडाघोडी ।
जेन जि आन्दोलनका क्रममा आगजनी भएर सामग्री नष्ट भएको घोडाघोडी नगरपालिका–७ नं वडा कार्यालयलाई सामुदायिक सहयोग प्राप्त भएको छ। वडा कार्यालयलाई श्री विरहुवा सामुदायिक वन उपभोक्ता समूह करैचाले १२ वटा प्लास्टिकका कुर्सी हस्तान्तरण गरेको हो।
समूहका पदाधिकारी तथा उपभोक्ताहरुले वडाको तत्कालीन आवश्यकता बुझी सामुदायिक उत्तरदायित्वस्वरूप सहयोग गरेको जनाइएको छ।
वडा नं ७ का वडाध्यक्ष जुगराम चौधरीले सामुदायिक वन उपभोक्ता समूहप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले वडा कार्यालयको नियमित सेवा सञ्चालनमा सहज हुने बताए।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी