ई-घोडाघोडी खबर

२३ पुष २०८२, बुधबार

  • Mohrain Tours and Travels
  • थारु समुदायको गर्व : नायक संगत थारुका भान्जा पाइलट बने

    थारु समुदायको गर्व : नायक संगत थारुका भान्जा पाइलट बने
    Spread the love

    धनगढी, कैलाली ।
    थारु समुदायका लागि गर्वको विषय बनेको छ । थारु समुदायका नायक संगत थारुका भान्जा, धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी मिलन चौधरी पाइलट बन्न सफल भएका छन् ।

    २४ वर्षको उमेरमै पाइलट बन्न सफल मिलन चौधरीले फिलिपिन्सस्थित एक प्रतिष्ठित उड्डयन प्रशिक्षण संस्थाबाट पाइलटसम्बन्धी अध्ययन पूरा गरी पाइलटको आधिकारिक प्रमाणपत्र प्राप्त गरिसकेका छन् । अब हवाईजहाज उडाउन योग्य भएका छन् ।

    सामान्य परिवारमा जन्मिएका मिलन चौधरीको यो सफलता थारु समुदाय मात्र नभई सुदूरपश्चिम क्षेत्रकै लागि प्रेरणादायी बनेको छ । सीमित स्रोत–साधनका बाबजुद निरन्तर मेहनत, लगनशीलता र आत्मविश्वासका कारण उनले आफ्नो बाल्यकालको सपना पूरा गर्न सफल भएका हुन् ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी