


धनगढी, पुस १८ गते ।
थारु भाषाको नयाँ प्रेमगीत ‘स्वर्ग के परी’ सार्वजनिक भएको छ। Saya Music Station को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले प्रेम, भावना र रोमान्टिक अभिव्यक्तिलाई समेटेर दर्शक–श्रोताको ध्यान आकर्षित गरेको छ।
गायक: बसन्त महतो, गायिका: अनु चौधरी, गीतकार: बसन्त महतो, संगीत संयोजन पुष्कर महतो, निर्देशक: सावन, क्यामरा/एडिट: राज गुप्ता, मेकअप: अनुमा चौधरी, र अभिनय: लक्ष्मण दंगौरा तथा अनुमा चौधरीको रहेको छ।
गीतमा प्रेमिकालाई स्वर्गबाट आएको परीको रूपमा चित्रण गरिएको छ, जसले प्रेमको कोमलता र भावनात्मक गहिराइ उजागर गर्दछ। सांगीतिक पक्षमा परम्परागत र आधुनिक शैलीको संयोजन गरिएको यस गीतले थारु समुदायको मौलिकता झल्काउनुका साथै नयाँ पुस्तालाई लक्षित गरेको देखिन्छ।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी