धनगढीः कैलाली प्रहरीले सेवाग्राहीलाई अनावश्यक दुःख दिने बिचौलियामाथि कारबाही गर्दै धनगढीबाट १२ जनालाई पक्राउ गरेको छ। बिहीबार धनगढी उपमहानगरपालिका–५ स्थित यातायात कार्यालय परिसरबाट ६ जना र मालपोत कार्यालय परिसरबाट थप ६ जनालाई नियन्त्रणमा लिइएको हो।






त्यसैगरी, मालपोत कार्यालय क्षेत्रबाट लाइसेन्सबिना सेवाग्राहीलाई हैरानी दिएको आरोपमा सुदान्शु चौधरी (२७), रविन्द्र कुमार देउवा (३५), उर्मिला राना (२५), शान्ती मल्ल (३५), युवराज खतिवडा (४२) र आशिष चौधरी (२६) पक्राउ परेका छन्।













