कैलालीमा लागूऔषधसहित एक जना महिला पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका–१ ब्लक नम्बर सि जमारा टोल बस्ने ४० वर्षीया धना तिवारीलाई अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको हो।

उनलाई ३ सय मिलिग्राम ब्राउनसुगरसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनको घरबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।