बैतडीसहित सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइदै

बैतडीसहित सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइदैछ। भाद्र १ गतेदिन गाडिएको ‘बुढी’लाई आज पाल्ने गरिन्छ। ‘बुढी’लाई राक्षशकी पुतनाको संघ्या दिने गरिएको छ। रुख तथा झ्याङलाई काटेर कुनै सार्वजनिक स्थानमा गाड्नुलाई बुढी हालेको भनिन्छ।

यो भाद्र १ गते ओल्के संक्रान्तीको दिन कुनै बाटो वा चौतारामा गाड्ने गरिएको छ। सोही ‘बुढी’लाई आज पाल्ने गरिन्छ। सबैको घरघरबाट आगोको राँको लिएर ‘बुढी’ गाडेको ठाउँमा गएर बुढी पोल्ने गरिएको छ। यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग जोडिएको छ।

भगवान् श्रीकृष्णलाई पुतनाले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवानले पुतनाको स्तन चुसेर मारेपछि पुतनाको भयानक रूप पैदा भएको तथा मरेको लासलाई हटाउन नसकेपछि गोकुलवासीले टुक्राटुक्रा पारेको दिनको सम्झनामा बूढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको छ। बुढीलाई पोलेपछि दुःख कष्ट पनि नास हुने मान्यता रहेको छ।

बर्खामा लोगका रोगब्याथालाई पनि बुढीसँगै लिएर जाने विश्वास गरिएको छ। यसलाई सिंह सङ्क्रान्ति पनि भनिन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *